ब्याडमिन्टन खेलाडीको प्रशंसनीय काम, बोहरा र ऐरले पुरस्कार रकम बाढीपिडित राहत कोषमा

Image
Nisarga Hospital

डडेल्धुरामा आयोजित जिल्लास्तरीय खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगितामा दोस्रो स्थान हासिल गरेका योगेश बोहरा र भरतबहादुर ऐरले पुरस्कारबापत प्राप्त रकम बाढीपीडितका लागि सहयोग गरेका छन्।

CP Hospital Dhangadhi

दोस्रो स्थानबापत प्राप्त १० हजार रुपैयाँ उनीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरेका हुन्। भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग पुगोस् भन्ने उद्देश्यले पुरस्कार रकम सहयोग गरिएको खेलाडीहरूले बताएका छन्।

Attariya Hospital

जिल्ला खेलकुद समितिले खेलाडीहरूको सहयोगको प्रशंसा गर्दै बाढी प्रभावितका लागि पुरस्कार रकम उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गरेको छ।

nawajiwan

जिल्ला खेलकुद समितिको आयोजनामा भदौ २७ र २८ गते समितिको कभर्डहलमा प्रतियोगिता सञ्चालन भएको थियो। प्रतियोगितामा १६ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ। विभिन्न टिमबीच भएको प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै बोहरा र ऐरको जोडी दोस्रो स्थान हासिल गर्न सफल भएको थियो।