कृष्णभीरको नयाँ ट्र्याकबाट १४ दिनदेखि रोकिएका ट्रक पास

Image
Nisarga Hospital

धादिङका विभिन्न स्थानमा विगत १४ दिनदेखि रोकिएका ट्रक तथा ग्यास बोकेका बुलेटलाई कृष्णभीरको नयाँ ट्र्याकबाट पास गराइएको छ। नागढुङ्गा–मुग्लिन सडक आयोजना अन्तर्गत निर्माण गरिएको नयाँ ट्र्याकको प्रारम्भिक परीक्षणका क्रममा रोकिएका सवारीसाधनलाई सुरक्षित रूपमा पार गराइएको हो।

CP Hospital Dhangadhi

सडक अवरुद्ध भएपछि रोकिएका सवारीसाधनलाई व्यवस्थापन गर्दै सुरक्षित रूपमा गन्तव्यतर्फ पठाउने काम तीव्र पारिएको आयोजनाले जनाएको छ। यद्यपि, नयाँ ट्र्याकबाट तत्कालै नियमित रूपमा सबै सवारीसाधन सञ्चालन भने नहुने बताइएको छ।

Attariya Hospital

नागढुङ्गा–मुग्लिन सडक आयोजनाका कन्सल्टेन्ट इन्जिनियर अशोक देवकोटाका अनुसार हाल रोकिएका सवारीसाधनलाई परीक्षणस्वरूप सुरक्षित रूपमा पास गराउने काम भइरहेको छ। नयाँ ट्र्याक पूर्ण रूपमा निर्माण सम्पन्न भएपछि मात्रै सडक नियमित सञ्चालनमा ल्याइनेछ।

nawajiwan

आयोजनाले सडक खुलाउन तथा रोकिएका सवारीसाधनलाई सुरक्षित रूपमा पार गराउन आवश्यक व्यवस्थापनको कामलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ।