धनगढीको ग्यालेक्सी कलेजका विद्यार्थीले गरे प्रतिभा पुस्तकालयको अवलोकन

Image
Nisarga Hospital

अत्तरियाः धनगढीस्थित ग्यालेक्सी मल्टिपल कलेजमा बीबीएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीले अत्तरियास्थित प्रतिभा सामुदायिक पुस्तकालयको अवलोकन गरेका छन्। कलेजका उपप्राध्यापक प्रेमराज जोशीको नेतृत्वमा विद्यार्थीले पुस्तकालयको अवलोकन गरेका हुन्।

CP Hospital Dhangadhi

अवलोकनका क्रममा विद्यार्थीले पुस्तकालयमा उपलब्ध विभिन्न पुस्तक, अध्ययन सामग्री तथा सुविधाबारे जानकारी लिएका थिए। उनीहरूले पुस्तकालयका अध्यक्ष भूपेश जोशीसँग अन्तरक्रियासमेत गरेका थिए।

Attariya Hospital

अध्यक्ष जोशीले प्रतिभा पुस्तकालयले अत्तरिया क्षेत्रको शैक्षिक तथा प्राज्ञिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए। उनले पुस्तकालयको व्यवस्थापन, सञ्चालन तथा उपलब्ध स्रोतसाधनबारे विद्यार्थीलाई जानकारी गराएका थिए।

nawajiwan

विद्यार्थीको पुस्तकालय अवलोकनले अध्ययनसँगै व्यावहारिक ज्ञान हासिल गर्न तथा पुस्तकालयको महत्व बुझ्न सहयोग पुग्ने विश्वास गरिएको छ।