कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको ज्यान गयो !

Image
Nisarga Hospital

अत्तरिया : धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा अटोको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।

CP Hospital Dhangadhi

शनिबार दिउँसो करिब ३ः५० बजे बाटो काट्ने क्रममा से.प.प्र.०१–००२ स ६११ नम्बरको अटोले चौराहाबाट भन्सारतर्फ जाँदै गरेको से.प.प्र. ०१–००८ प ५९५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक कैलालीको घोडाघोडी नगरपालिका–८ का २२ वर्षीय दिनेश थापा घाइते भएका छन् । उनको दुवै खुट्टा र दाहिने हातमा चोट लागेको छ ।

nawajiwan
Attariya Hospital

मोटरसाइकलको पछाडि सवार करिब १८ ः २० वर्षीय नामथर र ठेगाना नखुलेका पुरुषको टाउकोमा गम्भीर चोट लागेको थियो । उनलाई उपचारका लागि मायामेट्रो अस्पताल पुर्‍याइएकोमा चिकित्सकले दिउँसो ४ः१५ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि अटो, अटो चालक १८ वर्षीय अंकित गुप्ता र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।