एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता

Image
Nisarga Hospital

एसिसी प्रिमियर कप २०२६ को उपाधि जितेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ। उपाधि जितेर नेपाली टोली गएराति काठमाडौँ आइपुगेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का, उपाध्यक्ष रोशनकुमार सिंहलगायत पदाधिकारीले खेलाडी तथा टोलीका सदस्यलाई स्वागत गरेका थिए।

CP Hospital Dhangadhi

स्वागतका क्रममा सचिव खड्काले नेपाली टोलीलाई ऐतिहासिक सफलताका लागि बधाई दिँदै आगामी प्रतियोगिताका लागि शुभकामना व्यक्त गरे।

शनिबार सम्पन्न फाइनल खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) लाई ४४ रनले पराजित गर्दै एसिसी प्रिमियर कपको उपाधि दोस्रोपटक जितेको थियो। प्रतियोगिताको उपाधिसँगै नेपालले आगामी वर्ष बङ्गलादेशमा आयोजना हुने एसिया कपमा स्थानसमेत सुरक्षित गरेको छ।

nawajiwan
Attariya Hospital

नेपालले एसिया कपमा दोस्रोपटक सहभागिता जनाउने अवसर पाएको हो। यसअघि नेपाली राष्ट्रिय टोलीले सन् २०२३ मा पहिलोपटक एसिया कप खेलेको थियो। त्यतिबेला नेपालले भारत र पाकिस्तानजस्ता बलिया टोलीसँग प्रतिस्पर्धा गरेको थियो।

प्रिमियर कपको उपाधि र एसिया कपमा छनोटले नेपाली क्रिकेटमा नयाँ उत्साह थपेको छ। नेपाली टोलीको पछिल्लो सफलतालाई खेलाडी, प्रशिक्षक तथा क्रिकेट समर्थकले महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएका छन्।