आजको मौसमः देशभर मनसुनी वायुको प्रभाव, केही प्रदेशमा भारी वर्षाको सम्भावना

Image
Nisarga Hospital

देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतर्फ सरेको छ। हाल देशका अधिकांश भूभागमा सामान्य बदली रहेको छ भने कोशी र बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ। गण्डकी, लुम्बिनी र कर्णालीका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको छ।

CP Hospital Dhangadhi

सोमबार दिनभर देशभरको मौसम सामान्यतया बदली रहने महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ।

Attariya Hospital

पहाडी क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। तराईका बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा हुनसक्नेछ। मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा समेत चट्याङसहित वर्षा हुने अनुमान छ।

nawajiwan

कोशी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यस्तै, बागमती, गण्डकी र लुम्बिनीका पहाडी तथा तराई क्षेत्रका थोरै स्थानमा पनि भारी वर्षाको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।