वार्नर एनपीएल खेल्न नेपाल आउँदै, काठमाडौं गोर्खाजमा आबद्ध

Image
Nisarga Hospital

अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नरले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) काठमाडौं गोर्खाजबाट खेल्ने भएका छन्। गोर्खाजले सामाजिक सञ्जालमार्फत वार्नरलाई टोलीमा अनुबन्ध गरिएको जनाएको हो। उनी एनपीएल खेल्ने हालसम्मकै ठूला विदेशी खेलाडी बनेका छन्।

CP Hospital Dhangadhi

यसअघि अस्ट्रेलियाको क्रिकेटिङ संस्था सिम स्ट्राइकले पनि वार्नरले एनपीएल खेल्ने जानकारी सार्वजनिक गरेको थियो। उक्त पोस्टमा वार्नरले लाइक गरेपछि उनको नेपाल आगमनबारे थप चर्चा भएको थियो।

Attariya Hospital

३९ वर्षीय वार्नरले अस्ट्रेलियाका लागि दुई ओडीआई विश्वकप, एक टी–२० विश्वकप र विश्व टेस्ट च्याम्पियनसिप जितेका छन्। उनले २०१५ र २०२३ को ओडीआई विश्वकप, २०२१ को टी–२० विश्वकप तथा २०२३ को विश्व टेस्ट च्याम्पियनसिप जितेका हुन्।

nawajiwan

वार्नरले तीनवटै अन्तर्राष्ट्रिय फर्म्याटमा शतक बनाएका छन्। समग्र टी–२० क्रिकेटमा उनले ४३९ खेल खेल्दै १० शतक र ११८ अर्धशतकसहित १४ हजारभन्दा बढी रन बनाएका छन्। उनले आईपीएल, बीबीएल, पीएसएल, द हन्ड्रेड, एमएलसी, बीपीएल र सीपीएललगायत विश्वका प्रमुख फ्रेन्चाइज लिगमा खेलिसकेका छन्।