गोदावरी जंगलको जुवाखालबाट बरामद सरकारी मोटरसाइकल कसको ? अझै खुलेन पहिचान

Image
Nisarga Hospital

कैलालीको गोदावरी जंगलमा जुवाखालबाट बरामद गरिएको सरकारी मोटरसाइकलको पहिचान अझै खुल्न सकेको छैन। इलाका प्रहरी कार्यालय मालाखेतीले मंगलबार विशेष सूचनाका आधारमा जङ्गलमा छापा मार्दा ११ वटा मोटरसाइकल बरामद गरेको थियो। तीमध्ये से १ ब ११८१ नम्बरको सरकारी मोटरसाइकल समेत रहेको छ।

CP Hospital Dhangadhi

प्रहरीका अनुसार टोलीले जुवाडेलाई पक्राउ गर्न घेरा हाले पनि उनीहरू फरार भएका थिए। बरामद मोटरसाइकल अहिले प्रहरी कार्यालयमा राखिएको छ।

Attariya Hospital

डिएसपी हिरा सिंह महराका अनुसार उक्त मोटरसाइकल कुनै वडाध्यक्षको हुन सक्ने सूचना आए पनि कुन वडाध्यक्षको हो भन्ने खुलेको छैन। मोटरसाइकल धनीको खोजी भइरहेको उनले बताए। प्रहरी टोली पुगेपछि जुवाडेले मोटरसाइकलसँगै चप्पलसमेत छाडेर भागेको प्रहरीले जनाएको छ।

nawajiwan