सुदूरपश्चिममा आज बुन्ढुनी सङ्क्रान्ति, ‘बुढी’ पोल्ने चलन

Image
Nisarga Hospital

सुदूरपश्चिममा आज बुन्ढुनी सङ्क्रान्ति अर्थात् ‘बुढीपोल्या’ पर्व मनाइँदैछ। हरेक वर्ष असोज सङ्क्रान्तिका दिन मनाइने यो पर्व सुदूरपश्चिमको मौलिक धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा लिइन्छ।

CP Hospital Dhangadhi

यस दिन स्थानीयले ‘गाई बाअच्छी पाल, बुढी निकाल’ भन्दै बाबियाको चुल्ठो बनाएर घर तथा गोठमा लैजाने र साँझ गाउँको अग्लो स्थानमा लगेर ‘बुढी’ पोल्ने परम्परा छ। बुढी पोलिसकेपछि खुसीयालीमा नाचगान र डेउडा खेल्ने गरिन्छ।

धार्मिक मान्यताअनुसार राक्षसनी पुतनालाई भगवान् श्रीकृष्णले वध गरेको घटनाको स्मरणमा यो पर्व मनाउने गरिन्छ। ओल्के पर्वका दिन सल्ला, बाँझलगायतका रुख काटेर बनाइएको लिङ्गो अर्थात् ‘बुढी’लाई असोज सङ्क्रान्तिका दिन पोल्ने चलन रहेको छ।

nawajiwan
Attariya Hospital

बुढी पोल्ने परम्परासँगै यस पर्वले समुदायमा आपसी सद्भाव, भेटघाट र सांस्कृतिक एकताको भावना बलियो बनाउने विश्वास गरिन्छ। विशेषगरी ग्रामीण क्षेत्रमा स्थानीय भेला भएर परम्परागत गीत, नाच र डेउडामार्फत पर्व मनाउने गर्छन्।

बुन्ढुनी सङ्क्रान्ति सुदूरपश्चिमका विभिन्न जिल्लामा मनाइने भए पनि यसको मौलिकता र परम्परा ठाउँअनुसार केही फरक पाइन्छ। नेपालबाहेक भारतको कुमाउ–गढवाल क्षेत्रमा समेत यस पर्व मनाउने परम्परा रहेको छ। यसले सुदूरपश्चिम र कुमाउ–गढवालबीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धलाई समेत झल्काउँछ।