सुनको मूल्यमा ठूलो गिरावट, तोलामा २ हजार ३०० रुपैयाँ घट्यो

Image
Nisarga Hospital

नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार (असोज १) छापावाल सुनको मूल्य प्रतितोला २ हजार ३०० रुपैयाँले घटेको हो। मूल्य घटेसँगै बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

CP Hospital Dhangadhi

चालु साता सुनको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ। आइतबार १ हजार २०० रुपैयाँ बढेर ३ लाख २ हजार २०० रुपैयाँ पुगेको सुन सोमबार १ हजार २०० र मंगलबार ९०० रुपैयाँ घटेर ३ लाख १०० रुपैयाँमा झरेको थियो। बुधबार भने १ हजार ७०० रुपैयाँ बढेर ३ लाख १ हजार ८०० रुपैयाँ पुगेको थियो।

Attariya Hospital

यस्तै, बिहीबार चाँदीको मूल्य पनि प्रतितोला ६० रुपैयाँ घटेर ४ हजार ६२५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदी ८५ रुपैयाँ बढेर ४ हजार ६८५ रुपैयाँ पुगेको थियो। साताको सुरुवातमा चाँदी ४ हजार ६६० रुपैयाँमा कारोबार भएको थियो।

nawajiwan