असोजमा पनि घट्यो मुद्दती निक्षेपको ब्याजदर, २० बैंकमध्ये ४ ले घटाए

Image
Nisarga Hospital

वाणिज्य बैंकहरूको मुद्दती निक्षेपको ब्याजदर घट्ने क्रम असोजमा पनि जारी रहेको छ। बैंकहरूले सार्वजनिक गरेको असोजको ब्याजदरअनुसार २० वाणिज्य बैंकमध्ये चार बैंकले भदौको तुलनामा ब्याजदर घटाएका छन् भने १६ बैंकले अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका छन्। कुनै पनि बैंकले ब्याजदर बढाएका छैनन्।

CP Hospital Dhangadhi

असोजमा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याजदर प्रभु बैंकले ४.५५ प्रतिशतसम्म दिने भएको छ। १० वर्षभन्दा बढी अवधिको निक्षेपमा उक्त दर लागू हुनेछ।

ब्याजदर घटाउनेमा एभरेस्ट, नबिल, स्ट्यान्डर्ड चार्टर्ड र कुमारी बैंक छन्। एभरेस्टले अधिकतम ब्याजदर ४.०५ बाट ३.५० प्रतिशतमा झारेको छ भने नबिलले ४.५५ बाट ४.२५ प्रतिशतमा घटाएको छ।

nawajiwan
Attariya Hospital

समग्रमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर भदौको ४.१३६० प्रतिशतबाट घटेर असोजमा ४.०८९६ प्रतिशत कायम भएको छ। बैंकिङ प्रणालीमा पर्याप्त तरलता र कर्जाको तुलनात्मक अवस्थाका कारण निक्षेपको लागत घटाउने वातावरण बनेको देखिन्छ।