
धनगढी: खड्का परिवारका सदस्यहरूको निःशुल्क उपचारमा सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्न चर्चित ‘कुल ब्वाइ’ माया मेट्रो अस्पताल, धनगढीमा पुग्नुभएको छ।

खड्का परिवारको स्वास्थ्य उपचारका क्रममा माया मेट्रो अस्पतालले निःशुल्क उपचार तथा आवश्यक स्वास्थ्य सेवामा सहयोग गरेको थियो। उक्त सहयोगप्रति आभार व्यक्त गर्दै ‘कुल ब्वाइ’ अस्पतालमै पुगेर अस्पताल व्यवस्थापन तथा स्वास्थ्यकर्मीहरूप्रति धन्यवाद व्यक्त गर्नुभएको हो।
सो अवसरमा उहाँले स्वास्थ्य क्षेत्रप्रति आफ्नो चासो व्यक्त गर्दै समाजमा स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन र आवश्यक परेका व्यक्तिलाई सहयोग गर्न सबैको भूमिका महत्वपूर्ण हुने बताउनुभयो।


‘कुल ब्वाइ’को माया मेट्रो अस्पतालमा भएको उपस्थितिलाई अस्पतालले पनि आत्मीय रूपमा लिएको छ। उहाँले स्वास्थ्य सेवाप्रति देखाउनुभएको चासो, सद्भाव र सहयोगको भावना सकारात्मक रहेको अस्पताल परिवारले जनाएको छ।
माया मेट्रो अस्पतालले आर्थिक अवस्था कमजोर भएका तथा उपचारमा समस्या भएका बिरामीलाई आवश्यकताअनुसार सहयोग गर्दै आएको जनाएको छ। स्वास्थ्य सेवामा मानवीयता, सहकार्य र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै अस्पतालले आफ्नो सेवा निरन्तर अघि बढाइरहेको छ।
खड्का परिवारको उपचारमा सहयोग गर्ने अवसर दिएकोमा माया मेट्रो अस्पताल परिवारले ‘कुल ब्वाइ’प्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ।




























