घाँस काट्ने क्रममा ढुंगा खस्दा बझाङकी महिला गम्भीर घाइते, सेनाको हेलिकप्टरबाट उद्धार

Image
Nisarga Hospital

बझाङमा घाँस काट्ने क्रममा माथिबाट खसेको ढुंगा लागेर गम्भीर घाइते भएकी महिलालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। साइपाल गाउँपालिका–५ निउनाउकी ५२ वर्षीया राजमती बोहरालाई थप उपचारका लागि बिहीबार दिउँसो हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको हो।

CP Hospital Dhangadhi

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दीपक बिष्टका अनुसार बोहरा बुधबार साँझ करिब ५ बजे काउली सामुदायिक वनमा घाँस काटिरहेका बेला माथिबाट खसेको ढुंगा लागेर घाइते भएकी थिइन्। गम्भीर अवस्था रहेकाले थप उपचारका लागि उनलाई नेपालगञ्ज पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिइन्।

Dhnagadhi & Krishanapur