शुक्रबार सन्तोषी माता र लक्ष्मीको पूजा : सुख–शान्ति र समृद्धिका लागि यस्ता छन् धार्मिक मान्यता

Image
Nisarga Hospital

हिन्दू धर्मावलम्बीले शुक्रबार सन्तोषी माता, वैभवलक्ष्मी तथा माता लक्ष्मीका विभिन्न स्वरूपको पूजा–आराधना गर्ने धार्मिक परम्परा छ। यस दिन अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको समेत विधिपूर्वक पूजा गर्ने चलन रहेको छ।

CP Hospital Dhangadhi

धर्मशास्त्रीय मान्यताअनुसार शुक्रबार माता लक्ष्मीको व्रत बसेर पूजा आराधना गर्दा आर्थिक समृद्धि र घरमा सुख–शान्ति कायम हुने विश्वास गरिन्छ। व्रत बस्नेहरूले फलाहारका रूपमा चना र सख्खर प्रयोग गर्नु शुभ मानिन्छ भने अमिलो पदार्थ सेवन नगर्न सुझाव दिइन्छ।

Attariya Hospital

शुक्रबार सन्तोषी माताको व्रत बस्ने महिला तथा पुरुषले मनोकांक्षा पूरा हुने र पारिवारिक जीवनमा सुख–शान्ति प्राप्त हुने धार्मिक विश्वास छ। यस दिन सेतो वस्त्र धारण गर्नु तथा घरमा खीर बनाएर गरिब तथा विपन्नलाई वितरण गर्नु पनि शुभ मानिन्छ।

nawajiwan

ज्योतिषीय मान्यताअनुसार शुक्र ग्रह पीडित भएका व्यक्तिले शुक्रबार व्रत बस्नुका साथै सेतो रंगको घोडा दान गर्न सक्ने उल्लेख छ। रंगीन तथा रेशमी कपडा, सुगन्ध, चिनी, खाद्य तेल, चन्दन र कपुर दान गर्दा शुक्र ग्रहसँग सम्बन्धित प्रतिकूल प्रभाव कम हुने विश्वास गरिन्छ। यस्तै, शुक्रसँग सम्बन्धित रत्न दान गर्नाले पनि लाभ मिल्ने धार्मिक तथा ज्योतिषीय मान्यता रहेको छ।