चेतनदीप अयडी हत्या प्रकरणमा ६ जनालाई जन्मकैद

Image
Nisarga Hospital

बाजुरा: बाजुरा जिल्ला अदालतले अनेरास्ववियुका नेता चेतनदीप अयडीको हत्या प्रकरणमा ६ जनालाई जन्मकैदको फैसला सुनाएको छ। जिल्ला न्यायाधीश ताराप्रसाद डाँगीको इजलासले करिब चार वर्षपछि हत्यामा संलग्न ठहर गर्दै शेरबहादुर अयडी, सागर अयडी, लोकेश अयडी, खेमराज अयडी, जीवन अयडी र धनराज थापालाई जन्मकैदको सजाय सुनाएको हो।

CP Hospital Dhangadhi

अदालतले दोषी ठहर भएका सबैलाई पीडित परिवारलाई जनही एक लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनसमेत आदेश दिएको छ। मुद्दामा अभियोग लगाइएका पदमबहादुर अयडी, विनोद अयडी, रूपा चौधरी अयडीलगायत १८ जनालाई भने अदालतले सफाइ दिएको छ।

Attariya Hospital

चेतनदीप अयडीको हत्या २०७९ मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा भएको थियो। बाजुराको त्रिवेणी नगरपालिका–७ स्थित कैलाशमाडौंमा रहेको घर घेराउ गरी उनीमाथि आक्रमण गरिएको थियो। गम्भीर घाइते भएका अयडीको उपचारका क्रममा मृत्यु भएको थियो।

nawajiwan

निर्वाचनका क्रममा भएको उक्त घटनाले बाजुरामा तनावको अवस्था सिर्जना गरेको थियो। घटनापछि अनुसन्धान अघि बढ्दै मुद्दा अदालतमा पुगेको थियो। लामो समयसम्म विचाराधीन रहेको मुद्दामा जिल्ला अदालतले फैसला सुनाएसँगै घटनाले न्यायिक निष्कर्ष पाएको छ। यद्यपि फैसलाविरुद्ध सम्बन्धित पक्षले प्रचलित कानुनअनुसार माथिल्लो अदालतमा पुनरावेदन गर्न सक्ने कानुनी व्यवस्था रहेको छ।