नेपाल प्रहरीमा असईसहित ३३४ पदमा रोजगारीको अवसर, अनलाइन आवेदन खुला

Image
Nisarga Hospital

नेपाल प्रहरीले जनपद प्रहरी समूहअन्तर्गत प्रहरी सहायक निरीक्षक (असई) पदमा २११ जनाका लागि नयाँ भर्ना आह्वान गरेको छ। प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार असईतर्फ खुला समूहमा ११४ पद रहेका छन् भने बाँकी पद समावेशी समूहका लागि छुट्याइएको छ।

CP Hospital Dhangadhi

इच्छुक उम्मेदवारले असोज १२ गतेदेखि कात्तिक ७ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। असई पदका लागि अधिकतम उमेर २५ वर्ष तोकिएको छ। आवेदन नेपाल प्रहरीको आधिकारिक वेबसाइटमार्फत भर्न सकिने व्यवस्था गरिएको छ।

यसैगरी, नेपाल प्रहरीले प्रहरी कार्यालय सहयोगीका विभिन्न पदमा समेत नयाँ भर्ना खुलाएको छ। कार्यालय सहयोगीतर्फ कुल १२३ पदमा दरखास्त आह्वान गरिएको छ।

nawajiwan
Attariya Hospital

प्रहरीका अनुसार कार्यालय सहयोगीअन्तर्गत भान्से पदमा ८३ जना, हजाममा १५ जना र कुचीकारमा २५ जना माग गरिएको छ।

नयाँ भर्नासँगै नेपाल प्रहरीले योग्यता पुगेका इच्छुक उम्मेदवारलाई तोकिएको समयभित्र अनलाइन आवेदन पेश गर्न वेबसाइट www.nepalpolice.gov.np मार्फत आवेदन दिन आग्रह गरेको छ। आवेदन दिनुअघि सम्बन्धित पदका लागि आवश्यक शैक्षिक योग्यता, उमेर, शारीरिक मापदण्ड तथा अन्य आवश्यक विवरण आधिकारिक सूचनाबाट हेर्न सकिने प्रहरीले जनाएको छ। भर्ती प्रक्रियाका सम्बन्धमा थप जानकारी नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको छ।