राष्ट्र बैंकले ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्यायो

Image
Nisarga Hospital
CP Hospital Dhangadhi

नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले ५० रुपैयाँ दरको नयाँ बैंक नोट आजदेखि चलनचल्तीमा ल्याएको छ। केन्द्रीय बैंकका अनुसार नयाँ नोट सर्वसाधारणका लागि बजारमा पठाइएको हो।

नयाँ नोटमा यसअघिकै आकार, रङ र ढाँचालाई निरन्तरता दिइएको छ। नोटको संकेत नम्बर टर२४ ०००००१ देखि णर७० ९९९९९९ सम्म रहेको राष्ट्र बैंकले जनाएको छ।

nawajiwan
Attariya Hospital

नोटको अग्रभागको मध्य भागमा नेपाल सरकारको जमानत प्राप्त भुक्तानीसम्बन्धी प्रतिज्ञामूलक वाक्यांश राखिएको छ। बायाँतर्फ सगरमाथाको चित्र तथा दायाँतर्फ लालीगुराँसको पानी छाप राखिएको छ। पानी छापमुनि अंग्रेजीमा ‘NRB’ अंकित गरिएको छ।

नोटको तल्लो भागमा वि.सं. २०८२ को सिरिज नम्बर र गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ। नोटमा १.२ मिलिमिटर चौडा सुरक्षण धागो राखिएको छ, जसलाई प्रकाशतर्फ हेर्दा ‘NRB’ स्पष्ट देखिन्छ।

नोटको पछाडिको मध्य भागमा हिउँ चितुवाको चित्र तथा माथि अंग्रेजीमा ‘NEPAL RASTRA BANK’ लेखिएको छ। तल्लो भागमा ‘RUPEES FIFTY’ र ‘2025 A.D.’ उल्लेख गरिएको छ।