नेपाली कांग्रेस गोदावरी नगरकार्यसमितिद्वारा एकता र संवादका लागि आह्वान, अधिबेशनमा सहभागी नहुन अपिल (विज्ञप्तिसहित)

Image
Nisarga Hospital
अत्तरियाः  नेपाली कांग्रेस गोदावरी नगरकार्यसमितिले पार्टीभित्र बढ्दै गएको मतभेद र विवादप्रति गम्भीर चिन्ता व्यक्त गर्दै एकता र संवादका लागि अपिल गरेको छ। नगरसभापति विर बहादुर चोखलद्वारा जारी प्रेस विज्ञप्तिमा पार्टीभित्रको आन्तरिक विवादले लोकतान्त्रिक आन्दोलनका उपलब्धिहरू नै गुम्न सक्ने खतरा औंल्याइएको छ।
CP Hospital Dhangadhi
विज्ञप्तिमा भनिएको छ, “नेपालको लोकतान्त्रिक आन्दोलनको मुख्य धरोहरका रूपमा रहेको नेपाली कांग्रेस पार्टीमा विगत केही महिनादेखि देखिएको मतभेद र विवादले नेपाली जनताको लामो तथा बलिदानीपूर्ण संघर्षबाट प्राप्त लोकतान्त्रिक उपलब्धिहरू नै गुम्न सक्ने परिस्थिति उत्पन्न हुने संकेत देखिएकाले हामी गम्भीर र चिन्तित भएका छौँ।”
nawajiwan
अदालतमा मुद्दा विचारधीन हुँदै कार्यतालिका सार्वजनिक गरिएकोमा आपत्ति
नगरकार्यसमितिले पार्टीभित्रको विवाद सर्वोच्च अदालतमा विचारधीन रहेको अवस्थामा समेत एकतर्फी रूपमा महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिएकोमा असन्तुष्टि जनाएको छ। यस्ता गतिविधिले पार्टी एकता चाहने आम नेता-कार्यकर्ताको भावना र विश्वासमा गम्भीर आघात पुर्‍याएको विज्ञप्तिमा उल्लेख छ। वर्तमान परिस्थितिमा राष्ट्रियता, लोकतन्त्र र लोकतान्त्रिक शासन व्यवस्थाको रक्षा तथा पार्टीको सुदृढ भविष्यका लागि सम्पूर्ण एकता अपरिहार्य रहेको कुरामा जोड दिइएको छ।
Attariya Hospital
सहमति र संवादका लागि अपिल
विज्ञप्ति मार्फत पार्टी नेतृत्वका सबै पक्षलाई आपसी संवाद, सहमति र समझदारीका आधारमा विवाद समाधान गरी सहमतिको आधारमा नयाँ महाधिवेशन कार्यतालिका सार्वजनिक गर्न हार्दिक आग्रह गरिएको छ।
साथै, असोज ३ र ४ गते हुने भनिएको अधिवेशनमा सहभागी नहुन गोदावरी नगरकार्य समितिका सम्पूर्ण क्रियाशील सदस्य साथीहरूलाई हार्दिक अपिल गर्दै ‘पार्टीलाई विभाजन होइन, एकता, सहमति र लोकतान्त्रिक विधिबाट बलियो बनाऔँ’ भनी आह्वान गरिएको छ।