गोदावरीको स्वास्थ्य क्षेत्रमा उत्साहजनक प्रगति, उत्कृष्ट स्वास्थ्य संस्थादेखि सहयोगी संस्थासम्म सम्मानित

Image
Nisarga Hospital

अत्तरियाः गोदावरी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न वार्षिक समीक्षा गोष्ठीले नगरको स्वास्थ्य क्षेत्रमा भइरहेको क्रमिक सुधार र प्रगतिलाई उजागर गरेको छ।

CP Hospital Dhangadhi

२०८३ असोज १ र २ गते आयोजित गोष्ठीमा नगरपालिकाअन्तर्गतका २१ वटा स्वास्थ्य सेवा केन्द्र, नगर अस्पताल, नागरिक आरोग्य केन्द्रसहित निजी स्वास्थ्य संस्था, पदमा, अत्तरिया, दोगडाकेदार, सुनौलो परिवार नेपाल, मेरी स्टोप केन्द्र, लक्ष्मीनारायण क्षयरोग प्रेषण केन्द्र, स्वास्थ्य कार्यालय कैलाली तथा सहयोगी संस्था केयर नेपाल र याक नेपालका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

गोष्ठीमा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरिएका स्वास्थ्य कार्यक्रमको समीक्षा गर्दै प्रस्तुत तथ्यांकका आधारमा गोदावरी नगरपालिकाले स्वास्थ्य क्षेत्रमा अघिल्लो वर्षको तुलनामा क्रमिक प्रगति गर्दै गएको देखाइएको थियो। साथै आगामी आर्थिक वर्ष २०८३/८४ का लागि स्वास्थ्यसम्बन्धी कार्ययोजनासमेत प्रस्तुत गरिएको थियो।

nawajiwan

Attariya Hospital

उत्कृष्ट कार्यसम्पादन गर्ने स्वास्थ्य संस्थातर्फ गोदावरी स्वास्थ्य सेवा केन्द्र प्रथम, स्याउले स्वास्थ्य सेवा केन्द्र द्वितीय र गेटा स्वास्थ्य सेवा केन्द्र तृतीय भएका छन्। उत्कृष्ट संस्थाहरूलाई नगर प्रमुख र उपप्रमुखले प्रमाणपत्र तथा दोसल्लासहित सम्मान गरेका थिए।

त्यसैगरी सेवा सुधारमा उत्कृष्ट योगदान पुर्‍याउने स्वास्थ्य शाखाकी कर्मचारी शान्ति बलमपाकि र स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको याक नेपाल धनगढीलाई समेत सम्मान गरिएको थियो।

कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुख, विभिन्न शाखाका प्रमुख, स्वास्थ्य संस्था प्रमुख, सहयोगी संस्थाका प्रतिनिधि तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।