
कैलालीको गोदावरी नगरपालिका–२ तेघरीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्। शनिबार बिहान बैतडीको बासुलिङ्गका ३९ वर्षीय हिमालबहादुर चन्द सडकबाट केही भित्र घोप्टो परेको अवस्थामा मृत फेला परेका हुन्।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) हिरा सिंह महराका अनुसार चन्दको शव सडकबाट केही भित्रपट्टि फेला परेको हो।

प्रहरीका अनुसार शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।































