ट्रम्पको दाबी : अमेरिकी मध्यावधि चुनावपछि इरान युद्ध अन्त्य हुन्छ, इन्धनको मूल्य घट्ने

Image
Nisarga Hospital

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध चाँडै अन्त्य हुने दाबी गरेका छन्। शुक्रबार ह्वाइट हाउसमा बोल्दै ट्रम्पले इरानलाई आणविक हतियार प्राप्त गर्न नदिइने र युद्ध समाप्त भएपछि अमेरिकामा इन्धनको मूल्य पुनः घट्ने बताएका हुन्। उनका अनुसार मूल्य युद्धअघि रहेको स्तरमा फर्किनुका साथै त्यसभन्दा पनि तल जान सक्नेछ।

CP Hospital Dhangadhi

ट्रम्पले यसअघि पनि नोभेम्बरमा हुने अमेरिकी मध्यावधि चुनावपछि युद्ध तत्काल अन्त्य हुने बताउँदै आएका छन्। उनले इरानले अमेरिकी चुनावलाई प्रभावित पार्न खोजिरहेको आरोप लगाउँदै तेहरानले लामो समयसम्म युद्ध धान्न नसक्ने दाबी गरेका छन्। यद्यपि, युद्ध अन्त्य हुने उनको दाबीको स्वतन्त्र पुष्टि भएको छैन।

इरानसँगको द्वन्द्वका कारण तेल तथा ग्यासको मूल्यमा दबाब परेको छ। युद्धका कारण ऊर्जा आपूर्ति मार्ग प्रभावित हुँदा विश्व बजारमा तेलको मूल्यसमेत उच्च रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्।

nawajiwan
Attariya Hospital

यसैबीच, ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङ अर्को साता अमेरिका भ्रमणमा आउने बताएका छन्। सी सेप्टेम्बर २४ मा वासिङ्टन पुग्ने र ट्रम्पसँग व्यापार, ऊर्जा, दुर्लभ खनिज, कृत्रिम बुद्धिमत्ता तथा इरान युद्धलगायत विषयमा छलफल गर्ने तयारी छ।

चीनले अमेरिकामाथि जासुसी गर्ने गरेको विषयमा ट्रम्पले चीनले त्यस्तो गर्ने भए अमेरिकाले पनि चीनमाथि जासुसी गर्ने गरेको प्रतिक्रिया दिएका छन्।