असोज ८ देखि भारी वर्षाको चर्चा, मौसम विभागले भन्यो–अहिले नै अवस्था स्पष्ट छैन

Image
Nisarga Hospital

यही असोज ८ देखि १२ गतेसम्म नेपालमा ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा चर्चा बढेको छ। मौसमविद्हरूले बंगालको खाडी क्षेत्रमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण आगामी दिनमा वर्षा बढ्न सक्ने अनुमान गरेका छन्। केही विज्ञले प्रणाली चक्रवाती आँधीमा विकसित भए नेपालमा समेत प्रभाव पर्न सक्ने सम्भावना औँल्याएका छन्।

CP Hospital Dhangadhi

त्रिभुवन विश्वविद्यालयका जल तथा मौसमविद् डा. विनोद पोखरेलले असोज ८ देखि १२ गतेसम्म पूर्वदेखि पश्चिमसम्म भीषण वर्षा हुन सक्ने भन्दै किसान तथा सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेका छन्। मौसम तथा पर्यावरणविद् उज्ज्वल उपाध्यायले पनि बंगालको खाडी र अण्डमान सागरबीच विकसित न्यूनचापीय प्रणाली चक्रवातमा परिणत भए नेपालमा असोज ८, ९ र १० गते प्रभाव पर्न सक्ने उल्लेख गरेका छन्। उनका अनुसार चक्रवात बने त्यसको नाम ‘अर्नब’ रहनेछ।

Attariya Hospital

यद्यपि, सरकारी निकाय जल तथा मौसम विज्ञान विभागले भने प्रणालीको अवस्था अझै पूर्ण रूपमा स्पष्ट भइनसकेको जनाएको छ। विभागको पछिल्लो साप्ताहिक बुलेटिनअनुसार उक्त प्रणाली नेपालबाट टाढा रहे पनि असोज ६ गतेपछि पूर्वी नेपालमा आंशिक प्रभाव देखिन सक्नेछ। हप्ताको अन्त्यतिर कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा भारीदेखि अत्यधिक वर्षाको सम्भावना औँल्याइएको छ।

nawajiwan

मौसमविद्हरूका अनुसार प्रणालीको मार्ग र तीव्रता परिवर्तन हुन सक्ने भएकाले अहिले नै वर्षाको निश्चित मात्रा र प्रभाव क्षेत्र तोक्न कठिन छ। विभागले सामाजिक सञ्जालमा फैलिएका अपुष्ट सूचनाको पछि नलागी आधिकारिक मौसम पूर्वानुमान तथा सूचनालाई आधार बनाउन आग्रह गरेको छ। पछिल्लो अवस्थाअनुसार सम्भावित जोखिम भएका क्षेत्रमा आवश्यक सावधानी अपनाउनु उपयुक्त हुने देखिन्छ।