एनपीएलमा पहिलोपटक डीआरएस प्रयोगको तयारी, आईसीसी मान्यता प्रक्रिया पनि अन्तिम चरणमा

Image
Nisarga Hospital

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलोपटक डीआरएस प्रविधि प्रयोग गर्ने तयारी भइरहेको छ। नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काका अनुसार डीआरएसका लागि दुई कम्पनीसँग प्रविधि परीक्षण भइसकेको छ। परीक्षणको एक्युरेसी मूल्यांकनपछि उपयुक्त प्रणाली छनोट गरिनेछ।

CP Hospital Dhangadhi

उनले विश्वकपमा प्रयोग हुने पूर्ण डीआरएस प्रणालीका लागि ठूलो स्रोतसाधन आवश्यक पर्ने भए पनि घरेलु लिगका लागि विश्वसनीय प्रविधि प्रयोग गर्न सकिने बताए। डीआरएसले अम्पायरको निर्णय पुनरावलोकन गर्ने अवसर प्रदान गर्छ।

यसैबीच, एनपीएललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट मान्यता दिलाउने प्रक्रिया पनि अन्तिम चरणमा पुगेको खड्काले जानकारी दिएका छन्। मान्यता पाएमा एनपीएलमा खेलाडीले बनाएका रन, विकेट तथा अन्य प्रदर्शन करियर तथ्यांकमा समावेश हुनेछन्। एनपीएलका सुरुवाती दुई संस्करणका प्रदर्शन भने आधिकारिक करियर तथ्यांकमा जोडिएका छैनन्।

nawajiwan
Attariya Hospital

तेस्रो संस्करणका लागि काठमाडौं गोर्खाजले डेभिड वार्नरलाई अनुबन्ध गरेको छ भने जिमी नीशम, शाकिब अल हसन, सिकन्दर राजा, चरिथ असलंका र रवि बोपाराजस्ता विदेशी खेलाडी पनि जोडिएका छन्।

खड्काका अनुसार आईसीसीको स्वीकृति प्राप्त भएपछि थप विदेशी खेलाडीको आधिकारिक घोषणा गरिनेछ। साथै, भारत ‘ए’ र बंगलादेशसँगको शृङ्खलाको प्रक्रिया अघि बढेको र अन्य टेस्ट राष्ट्रसँग पनि द्विपक्षीय शृङ्खलाका लागि पहल भइरहेको उनले बताए।