
जनकपुरधाममा गएराति घरमा अचानक आगलागी हुँदा एक पूर्व शिक्षकको जलेर मृत्यु भएको छ। जनकपुरधाम उपमहानगरपालिका–८, रामानन्दचोकस्थित घरमा आगलागी हुँदा ७० वर्षीय किशोरी सहनीको मृत्यु भएको हो।

स्थानीयका अनुसार राति अचानक घरमा आगलागी भएपछि सहनीले समयमै बाहिर निस्कन नसक्दा जलेर मृत्यु भएको हो। महोत्तरीको लोहारपट्टी नगरपालिका–२ निवासी सहनी अवकाशप्राप्त शिक्षक हुन्।

आगलागीबाट उनकी नातिनी भने भागेर सुरक्षित रहेको जनाइएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको आशंका छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। आगलागीको कारण तथा क्षतिको विस्तृत विवरण अनुसन्धानपछि खुल्ने बताइएको छ।






























