नेपाल फोटोग्राफर एसोसिएसन कैलालीको आठौँ जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा दिवाकरसिंह ठेकेरे चयन

Image
Nisarga Hospital

धनगढी: नेपाल फोटोग्राफर एसोसिएसन कैलालीको २६औँ वार्षिक साधारण सभा तथा आठौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट कैलाली जिल्ला कार्यसमितिको अध्यक्षमा दिवाकरसिंह ठेकेरे सर्वसम्मत रूपमा चयन भएका छन्।
अधिवेशनबाट प्रथम उपाध्यक्षमा सोमराज घिमिरे, द्वितीय उपाध्यक्षमा जयबहादुर विक, महासचिवमा धुर्व सापकोटा, सचिवमा खुसीराम चौधरी र कोषाध्यक्षमा साधुराम चौधरी चयन भएका छन्।

CP Hospital Dhangadhi

त्यस्तै सदस्यहरूमा प्रकाश चौधरी, प्रदीप चौधरी, जगदीश पन्त, वीरु चौधरी, मनोज जेठारा, कालीराम चौधरी र राजु गुरुङ चयन भएका छन्। नयाँ कार्यसमितिका सबै पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत रूपमा चयन गरिएको हो।

अध्यक्षमा चयन भएपछि दिवाकरसिंह ठेकेरेले कैलाली जिल्लामा फोटोग्राफी क्षेत्रमा आबद्ध सम्पूर्ण फोटोग्राफर तथा संस्थाहरूको हकहितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले फोटोग्राफरहरूको व्यावसायिक सुरक्षा, अधिकार तथा पेशागत विकासका विषयलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन्।

nawajiwan
Attariya Hospital

अध्यक्ष ठेकेरेले कैलालीमा फोटोग्राफीसँग आबद्ध भएर काम गरिरहेका तर औपचारिक रूपमा दर्ता नभएका विभिन्न संस्था तथा समूहलाई समेत नेपाल फोटोग्राफर एसोसिएसनमा आबद्ध गराउने प्रयास गरिने बताए।

उनले फोटोग्राफी पेशामा आबद्ध सबैलाई एउटै संस्थागत छातामुनि ल्याएर पेशागत एकता र सहकार्यलाई थप मजबुत बनाउने योजना रहेको उल्लेख गरे। दर्ता नभएका संस्था तथा समूहहरूलाई एसोसिएसनमा आबद्ध गराउन नसकिएमा फोटोग्राफरहरूको हकहित संरक्षणका लागि नयाँ रणनीति बनाएर अघि बढ्ने पनि उनले जानकारी दिए।

नवनिर्वाचित अध्यक्ष ठेकेरेले कैलालीका फोटोग्राफरहरूबीच आपसी सहकार्य बढाउँदै प्रविधिको विकाससँगै फोटोग्राफी पेशामा देखिएका नयाँ चुनौती र अवसरलाई सम्बोधन गर्न संस्था सक्रिय भएर काम गर्ने बताए।
अधिवेशनले नयाँ नेतृत्व चयनसँगै कैलाली जिल्लामा फोटोग्राफी पेशामा आबद्ध व्यक्तिहरूको संस्थागत एकता, पेशागत अधिकार र व्यवसायिक हितका विषयमा आगामी कार्यदिशासमेत तय गरेको छ।