सोमबार कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

Image
Nisarga Hospital

देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ। उत्तर अन्डमान सागर तथा आसपास क्षेत्रमा बनेको न्यून चापीय प्रणाली आगामी दिनमा थप बलियो हुँदै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

CP Hospital Dhangadhi

हाल कोशी र बागमती प्रदेशका सबै भूभाग तथा गण्डकीका हिमाली र पहाडी क्षेत्रमा बदली रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा पनि सामान्य बदली हुँदा मधेसमा आंशिक बदली देखिएको छ। कोशी र बागमतीका थोरै तथा गण्डकी, लुम्बिनी र कर्णालीका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार सोमबार हिमाली तथा पहाडी भूभाग, मधेस प्रदेश र बागमती तथा गण्डकीका तराई क्षेत्रमा सामान्य बदली रहनेछ। कोशी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा आंशिक बदली रहनेछ।

nawajiwan
Attariya Hospital

कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा वा हिमपात हुनसक्नेछ। मधेस तथा कोशी र बागमतीका तराई क्षेत्रमा पनि वर्षाको सम्भावना छ।

विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो तथा डुबानको जोखिमप्रति सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन्।