कार्यसम्पादन मूल्याङ्कनमा बझाङ प्रहरी लगातार दोस्रोपटक उत्कृष्ट

Image
Nisarga Hospital

जिल्ला प्रहरी कार्यालय बझाङले कार्यसम्पादन मूल्याङ्कनमा लगातार दोस्रोपटक देशभरमै उत्कृष्ट स्थान हासिल गरेको छ। प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराको कमान्डमा रहेको बझाङ प्रहरी भदौ महिनाको मूल्याङ्कनमा हिमाली जिल्लातर्फ उत्कृष्ट घोषित भएको हो।

CP Hospital Dhangadhi

प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको भदौ महिनाको कार्यसम्पादन मूल्याङ्कनअनुसार बझाङले उत्कृष्ट स्थान हासिल गरेको हो। यसअघि साउन महिनाको मूल्याङ्कनमा पनि बझाङ नै हिमाली जिल्लातर्फ उत्कृष्ट बनेको थियो।

लगातार दुई महिनासम्म उत्कृष्ट स्थान हासिल गरेसँगै बझाङ प्रहरीले आफ्नो कार्यसम्पादनमा निरन्तरता देखाएको छ। डीएसपी जोराको नेतृत्वमा रहेको जिल्ला प्रहरी कार्यालयले साउनको उपलब्धिलाई भदौमा पनि कायम राख्न सफल भएको हो।

nawajiwan
Attariya Hospital

भदौ महिनाको मूल्याङ्कनमा सुदूरपश्चिमका अन्य हिमाली जिल्लामध्ये जिल्ला प्रहरी कार्यालय दार्चुला दोस्रो स्थानमा परेको छ। बाजुरा भने चौथो स्थानमा रहेको छ।

लगातार उत्कृष्ट नतिजा हासिल गरेपछि बझाङ प्रहरीको कार्यसम्पादन, व्यवस्थापन तथा सुरक्षा गतिविधिको प्रभावकारिताबारे सकारात्मक चर्चा भएको छ।