गोदावरीमा सर्पदंशबाट ५ वर्षीय बालकको ज्यान गयो !

Image
Nisarga Hospital

कैलालीको गोदावरी नगरपालिका–९ बल्मीमा सर्पले टोकेर घाइते भएका पाँच वर्षीय बालकको उपचारका क्रममा मृत्यु भएको छ। स्थानीय गणेश नेपालीका छोरा विहान नेपालीलाई भदौ २५ गते राति करिब १२ः२० बजे घरको सुत्ने कोठामा खाटमा सुतिरहेको अवस्थामा नाम नखुलेको सर्पले टोकेको थियो।

CP Hospital Dhangadhi

सर्पदंशपछि बालकलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल ल्याइएको थियो। अस्पतालमा उपचार भइरहेको जानकारी त्यहाँ खटिएको प्रहरीले राति १ बजे इलाका प्रहरी कार्यालय मालाखेतीलाई गराएको थियो।

Attariya Hospital

बालकको अवस्था गम्भीर रहेको जानकारी पाएपछि अस्थायी प्रहरी बिट स्याउलेबाट प्रहरी सहायक निरीक्षक कालीप्रसाद जोशीको कमाण्डमा तीन जनाको टोली घटनास्थलतर्फ खटिएको थियो। घटनास्थल प्रहरी बिट स्याउलेबाट करिब चार किलोमिटर पूर्वमा रहेको प्रहरीले जनाएको छ।

nawajiwan

अस्पतालमा उपचाररत बालकको असोज ६ गते बिहान करिब २ः३० बजे मृत्यु भएको अस्पतालमा खटिएको प्रहरीले जानकारी दिएको छ। बालकको मृत्यु भएपछि आफन्तले शव घर लगेका छन्। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।