टीकापुरमा १८ वर्षीय युवकमाथि खुडा प्रहार, उपचारका लागि नेपालगञ्ज लगियो

Image
Nisarga Hospital

कैलालीको टीकापुर नगरपालिका–७ बेलुवास्थित एक होटलमा १८ वर्षीय युवकमाथि खुडा प्रहार भएको छ। घोडाघोडी नगरपालिका–९ का विमल साउदमाथि सोमबार राति मोटरसाइकलमा आएको समूहले खुडा प्रहार गरेको प्रहरीले जनाएको छ।

CP Hospital Dhangadhi

प्रहरीका अनुसार खुडा प्रहारबाट साउदको दाहिने हात र खुट्टामा चोट लागेको छ। घटनापछि उनलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ। उनको अवस्था हाल खतरामुक्त रहेको जनाइएको छ।

Attariya Hospital

घटना कसरी र किन भयो भन्नेबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ। खुडा प्रहार गर्ने समूहका व्यक्तिहरुको पहिचान खुल्न नसकेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न व्यक्तिहरुको पहिचान तथा पक्राउका लागि प्रहरीले विभिन्न स्थानमा खोजी तीव्र पारेको बताइएको छ। घटनाबारे थप विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ।

nawajiwan