त्रिपुरेश्वर बस आगलागीमा गम्भीर घाइते चालकको उपचारका क्रममा मृत्यु

Image
Nisarga Hospital

काठमाडौंको त्रिपुरेश्वरमा बसमा भएको आगलागीमा गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। कीर्तिपुर अस्पताल (बर्न अस्पताल) मा उपचाररत चालकको सोमबार राति मृत्यु भएको अस्पतालका चिकित्सकले पुष्टि गरेका छन्।

CP Hospital Dhangadhi

चिकित्सकका अनुसार चालकको शरीर करिब शतप्रतिशत जलेको थियो र अस्पताल ल्याउँदा नै अवस्था निकै नाजुक थियो। सोमबार मध्याह्न राहदानी विभागअगाडि ऋद्धिसिद्धि यातायातको बसमा आगलागी हुँदा चालक गाडीभित्रै गम्भीर घाइते भएका थिए।

Attariya Hospital

घटनापछि सुरक्षाकर्मी तथा स्थानीयले उनलाई अचेत अवस्थामा बसबाट बाहिर निकालेर तत्काल कीर्तिपुर अस्पताल पुर्‍याएका थिए। उद्धारका क्रममा उनी बोल्न सक्ने अवस्थामा नरहेको जनाइएको छ।

nawajiwan

यसैबीच, ट्राफिक प्रहरीसँग भएको विवादपछि चालक लामा आफैँले बसमा आगो लगाएको भन्ने विषयमा छानबिन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयले समिति गठन गरेको छ। आगलागीको वास्तविक कारण तथा घटनाको परिस्थितिबारे समितिले अनुसन्धान गर्ने जनाइएको छ। घटनासम्बन्धी थप विवरण छानबिनपछि सार्वजनिक हुने बताइएको छ।