पेट्रोलियमको मूल्य नबढेसम्म सार्वजनिक यातायातको भाडा नबढ्ने

Image
Nisarga Hospital

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि नगरेसम्म सार्वजनिक यातायातको भाडा पनि नबढ्ने स्पष्ट पार्नुभएको छ।

CP Hospital Dhangadhi

यातायात व्यवस्था विभागले चाडपर्वलाई लक्षित गर्दै आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै अध्यक्ष सिटौलाले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढे पनि नेपालमा चाडपर्वको समयमा त्यसको भार यात्रुमाथि पार्ने गरी मूल्यवृद्धि गर्न नहुने बताउनुभयो।

उहाँका अनुसार सरकारले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेसम्म सार्वजनिक यातायातका लागि सरकारले निर्धारण गरेको भाडादर नै कायम रहनेछ। तर, सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएमा त्यसको प्रत्यक्ष प्रभाव यातायात सञ्चालन खर्चमा पर्ने भएकाले व्यवसायीहरूलाई पनि भाडा समायोजन गर्नुपर्ने अवस्था आउन सक्ने उहाँले बताउनुभयो।

nawajiwan
Attariya Hospital

चाडपर्वको समयमा यात्रुको चाप बढ्ने भएकाले व्यवसायीले तोकिएको भाडादरभन्दा बढी रकम असुल्न नहुनेमा पनि उहाँले जोड दिनुभयो। यात्रुहरूलाई ठगी तथा बढी भाडा असुलीबाट जोगिन आधिकारिक टिकट काउन्टरबाट मात्रै टिकट खरिद गर्न उहाँले आग्रह गर्नुभयो।

यातायात व्यवसायी, सरकारी निकाय र यात्रुबीच समन्वय गरी चाडपर्वका बेला सहज, सुरक्षित र व्यवस्थित यातायात सेवा उपलब्ध गराउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो। साथै, यात्रुले टिकट लिँदा भाडादर र गन्तव्यबारे स्पष्ट जानकारी लिनुपर्ने बताइएको छ।