बंगालको खाडीको न्यून चापीय क्षेत्र शक्तिशाली बन्दै, देशभर वर्षाको सम्भावना

Image
Nisarga Hospital

हाल नेपालमा मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बंगालको खाडीको पश्चिम–मध्य भाग आसपास रहेको न्यून चापीय क्षेत्र आगामी दिनमा थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना रहेको छ।

CP Hospital Dhangadhi

महाशाखाका अनुसार हाल बागमतीसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बादल लागेको छ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहे पनि केही स्थानमा आंशिक बदली भएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थान र कर्णाली तथा सुदूरपश्चिमका हिमाली–पहाडी क्षेत्रमा थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमतीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

nawajiwan
Attariya Hospital

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी प्रदेशका धेरै स्थान तथा बागमती र गण्डकीका हिमाली–पहाडी क्षेत्रमा केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशीका थोरै स्थानमा भारी तथा पहाडी र तराई भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षासमेत हुनसक्ने पूर्वानुमान छ।

महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।