बैतडीमा शिक्षकको राजनीतिक संलग्नतामाथि निगरानी, स्थानीय तहलाई पत्राचार

Image
Nisarga Hospital

बैतडीमा शिक्षकहरू राजनीतिक दलका गतिविधिमा संलग्न भएको समाचार सार्वजनिक भएपछि शिक्षा विकास तथा समन्वय एकाइले निगरानी बढाउन जिल्लाका १० वटै स्थानीय तहलाई पत्राचार गरेको छ।

CP Hospital Dhangadhi

एकाइले सामाजिक सञ्जालमा सार्वजनिक भएका समाचार तथा सूचनाका आधारमा केही विद्यालयका शिक्षक राजनीतिक दलका कार्यक्रममा सहभागी भएको पाइएको जनाएको छ। त्यसैले स्थानीय तहअन्तर्गतका विद्यालयमा कार्यरत शिक्षकहरू राजनीतिक गतिविधिमा सहभागी भए–नभएको विषयमा गहन निगरानी गर्न आग्रह गरिएको छ।

पत्रमा प्रचलित शिक्षा ऐन तथा नियमावलीले तोकेको शिक्षक आचरण र मापदण्ड तथा नेपाल सरकारका पछिल्ला निर्देशनविपरीत कुनै शिक्षकका गतिविधि देखिएमा छानबिन गरी प्रचलित कानूनअनुसार आवश्यक कारबाही गर्नसमेत स्थानीय तहलाई निर्देशन दिइएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

यसैबीच, असोज ४ गते पाटन नगरपालिका–१, सकारमा आयोजित नेपाली कांग्रेसको वडा अधिवेशनमा शिक्षक सहभागी भएको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। उक्त तस्वीर तथा समाचार बाहिरिएपछि शिक्षकहरूको राजनीतिक गतिविधिमा संलग्नताबारे स्थानीय तहको ध्यानाकर्षण गराउँदै एकाइले निगरानी तथा आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउन पत्राचार गरेको हो।

Dhnagadhi & Krishanapur