असोज ९ देखि भारी वर्षाको पूर्वानुमानपछि कैलालीमा विपद् व्यवस्थापन समिति बैठक बस्दै

Image
Nisarga Hospital

जल तथा मौसम विज्ञान विभागले असोज ९ गतेदेखि देशभर भारीदेखि अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेपछि कैलालीमा सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि तयारी थालिएको छ। यसै विषयमा जिल्ला विपद् व्यवस्थापन समिति कैलालीको बैठक आज बस्दैछ।

CP Hospital Dhangadhi

जिल्ला प्रशासन कार्यालय कैलालीमा दिउँसो १ बजे बैठक बोलाइएको हो। बैठकमा सम्भावित भारी वर्षाका कारण जिल्लामा पर्न सक्ने जोखिम, बाढी तथा डुबानको अवस्था र त्यसबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि आवश्यक पूर्वतयारीबारे छलफल गरिनेछ।

Attariya Hospital

कैलालीका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष हिरालाल रेग्मीका अनुसार वर्षाका कारण उत्पन्न हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षा तथा उद्धार व्यवस्थापन, आवश्यक स्रोत–साधनको तयारी र सम्बन्धित निकायबीच समन्वयका विषयमा समेत छलफल हुनेछ।

nawajiwan

१३ वटा स्थानीय तह रहेको कैलाली बाढी तथा डुबानको उच्च जोखिममा पर्ने जिल्लामध्ये एक हो। विगतमा वर्षायाममा विभिन्न नदी तथा खोलामा पानीको सतह बढ्दा जिल्लाका धेरै क्षेत्रमा बाढी र डुबानको समस्या देखिँदै आएको छ। मौसम विभागको पछिल्लो पूर्वानुमानपछि सम्भावित जोखिमबाट जनधनको क्षति हुन नदिन स्थानीय तह तथा सुरक्षा निकायलाई तयारी अवस्थामा राख्ने विषय बैठकको प्राथमिकतामा रहने जनाइएको छ।