शुक्रबारदेखि अति भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

Image
Nisarga Hospital

शुक्रबारदेखि सुदूरपश्चिमसहित देशका विभिन्न क्षेत्रमा अति भारी वर्षा हुने सम्भावना रहेको भन्दै स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ।

CP Hospital Dhangadhi

सम्भावित बाढी, डुबान, पहिरो तथा नदी–खोलामा पानीको बहाव बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै नेपाल रेडक्रस सोसाइटी अत्तरिया शाखाले गोदावरी नगरपालिका–२ र ४ का गाउँघरमा पुगेर सचेतना फैलाएको छ।

Attariya Hospital

रेडक्रस अत्तरिया शाखाका अध्यक्ष भरत खड्काका अनुसार स्थानीयवासीलाई वर्षाको समयमा धान नकाट्न, खोला–नाला तथा नदी किनारमा नजान र जोखिमयुक्त क्षेत्रमा आवतजावत नगर्न अनुरोध गरिएको छ।

nawajiwan

उनले मौसमसम्बन्धी सूचना निरन्तर हेर्न, सम्भावित जोखिमबारे परिवार तथा समुदायलाई जानकारी गराउन र आवश्यक पूर्वतयारी अपनाउनसमेत आग्रह गरेका छन्।