असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गोदावरी नगरपालिकाद्वारा सतर्क रहन आग्रह

Image
Nisarga Hospital

कैलालीको गोदावरी नगरपालिकाले आगामी तीन दिन भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले नगरवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

CP Hospital Dhangadhi

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीले जारी गरेको सूचनामा नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले असोज ५ गते जारी गरेको विशेष मौसमी बुलेटिनलाई आधार बनाउँदै असोज ९ गतेदेखि ११ गतेसम्म भारीदेखि धेरै भारी वर्षा हुनसक्ने जनाइएको छ।

सम्भावित वर्षाका कारण नगर क्षेत्रका नदी, खोला तथा नालामा पानीको सतह बढ्न सक्ने र त्यसबाट बाढी तथा डुबानको जोखिम सिर्जना हुनसक्ने भन्दै नगरपालिकाले विशेष सावधानी अपनाउन अनुरोध गरेको हो।

nawajiwan

विशेषगरी नदी तथा खोलानाला आसपास बसोबास गर्ने समुदायलाई सम्भावित बाढी र डुबानको जोखिमबाट सुरक्षित स्थानमा रहन तथा आवश्यक पूर्वतयारी गर्न नगरपालिकाले आग्रह गरेको छ। वर्षाका समयमा बालबालिका, ज्येष्ठ नागरिक तथा जोखिममा रहेका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनसमेत अनुरोध गरिएको छ।

Attariya Hospital

यस्तै, नगरपालिकाले कृषकहरूलाई पनि मौसमको अवस्थालाई ध्यान दिन आग्रह गरेको छ। धानबाली काट्ने तयारीमा रहेका कृषकले हतारमा बाली नकाटी मौसममा सुधार आएपछि मात्र धान काट्न अनुरोध गरिएको छ।

नगरपालिकाले सम्भावित विपद्बाट हुने क्षति न्यूनीकरणका लागि सबै नगरवासीलाई सचेत, सुरक्षित र पूर्वतयारी अवस्थामा रहन आग्रह गरेको छ। साथै, अत्यावश्यक अवस्थामा सम्बन्धित निकायसँग समन्वय गरी सुरक्षित रहनसमेत अनुरोध गरिएको छ।