सुनको मूल्यमा भारी गिरावट, प्रतितोला ३२०० रुपैयाँले घट्यो

Image
Nisarga Hospital

स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ ।

CP Hospital Dhangadhi

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार २०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य प्रतितोला १६५ रुपैयाँले घटेको छ।

Attariya Hospital

महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ६५० रुपैयाँ कायम भएको छ।

nawajiwan

हिजो बुधबार छापावाल सुन प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला ४ हजार ८१५ रुपैयाँ कायम भएको थियो।

बुधबारको तुलनामा बिहीबार सुनको मूल्यमा आएको गिरावटले बजारमा खरिदकर्ता केही उत्साहित भएका छन्। अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रत्यक्ष असर स्थानीय बजारमा देखिएको व्यवसायीहरुले बताएका छन्।