गोदावरी नगर कांग्रेसको सभापतिमा रविन्द्र शाही ‘गुड्डु’ निर्विरोध, ३० वटै वडाको अधिवेशन सम्पन्न

Image
Nisarga Hospital

अत्तरिया- नेपाली कांग्रेस कैलालीको गोदावरी नगर सभापतिमा रविन्द्र शाही ‘गुड्डु’ निर्विरोध चयन भएका छन्। गोदावरी नगरपालिका–१० का वडाध्यक्षसमेत रहेका शाही नगर अधिवेशनबाट सभापतिमा निर्विरोध चयन भएका हुन्।

CP Hospital Dhangadhi

नगर कार्यसमितिको उपसभापतिमा मिना जोशी र धनबहादुर खत्री चयन भएका छन्। यस्तै, सचिवमा बमबहादुर बोगटी र सहसचिवमा नवराज ओझा चयन भएका छन्।

अधिवेशनबाट नगर कार्यसमितिका २९ जना सदस्यसमेत चयन भएका छन् भने दुई जना जिल्ला सदस्यमा चयन भएका छन्।

nawajiwan
Attariya Hospital

नेपाली कांग्रेस गोदावरी नगर कार्यसमितिको अधिवेशन आज सम्पन्न भएको हो। अधिवेशन सम्पन्न भएसँगै कांग्रेस कैलाली क्षेत्र नम्बर ४ अन्तर्गतका ३० वटै वडाको अधिवेशन पनि सम्पन्न भएको जनाइएको छ।

नगर सभापतिमा शाहीको निर्विरोध चयनसँगै गोदावरी नगर कांग्रेसको नेतृत्वले आगामी संगठनात्मक गतिविधिलाई अघि बढाउने भएको छ।