अत्तरियामा खसीको मासुमा बाख्राको मासु मिसाएर बिक्री गरेको आरोप, दुई जना पक्राउ

Image
Nisarga Hospital

कैलालीको अत्तरियामा खसीको मासुमा बाख्राको मासु मिसाएर बिक्री गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

CP Hospital Dhangadhi

अत्तरियास्थित रफीक मासु पसलमा अनुगमनका क्रममा खसीको मासुमा बाख्राको मासु मिसाएर बिक्री भइरहेको भेटिएपछि उनीहरूलाई पक्राउ गरिएको हो।

बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढी, कृषि ज्ञान केन्द्र कैलाली र पशु सेवा कार्यालयको संयुक्त अनुगमन टोलीले पसलमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा खसीको मासु भन्दै बाख्राको मासु समेत मिसाएर बिक्री गर्ने गरेको भेटिएपछि टोलीले प्रहरीलाई जानकारी गराएको थियो।

nawajiwan
Attariya Hospital

त्यसपछि इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले पसल सञ्चालक र बाख्राका धनीलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा पसल सञ्चालक रफिक कुरेसी र बाख्राधनी गणेशसिंह धामी रहेका छन्।

उनीहरूलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अनुगमन टोलीले उपभोक्तालाई भ्रममा पार्ने तथा खाद्य वस्तुको गुणस्तर र प्रकृतिसम्बन्धी गलत विवरण दिई बिक्री गर्ने कार्यप्रति निगरानी बढाएको जनाएको छ। घटनाको थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने बताइएको छ।