
राशिफल
१० आश्विन २०८३ शनिवार

मेष
Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आध्यात्मिक चेतना जगाउनमा गुरुजनहरू सहायक रहनेछन्। युवाहरू करियरलाई लिएर चिन्तित रहनुहुनेछ। सवारी साधनमा धन खर्चका योग छन्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

वृष
Taurus
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
व्यापारिक नयाँ अनुबन्ध मिल्नाले मन प्रसन्न रहनेछ। प्रेमको बन्धन कसिनेछ। सकेसम्म यात्रा नगर्नुहोस्। स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।
मिथुन
Gemini
का, कि, कु, घ, ङ, छ, के, को, हा
मेहनतले कार्यमा सफलता दिलाउनेछ। लगनशीलता वा धैर्यले आँटेको कार्य समयमा सम्पादन हुनेछ। स्वास्थ्यले साथ दिनेछ। प्रतिस्पर्धामा सफलता पाइनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
कर्कट
Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
कार्यक्षेत्रमा कामको मेसो नमिल्दा व्यवहारमा पछाडि पर्नुहोला। विद्यार्थी वर्गहरूको पठनपाठनमा मन लाग्नेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ५ रहेको छ।
सिंह
Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सामूहिक कार्यको जिम्मेवारी एक्लै वहन गर्नुपर्ला। आलोचकहरू सक्रिय रहनेछन् सचेत रहनुहोस्। मेहनतले गर्दा गुमाएको अवसर पुनः प्राप्त होला। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ५ रहेको छ।
कन्या
Virgo
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
साहसिक कार्य गर्ने समय रहेको छ। आलस्य गर्नदेखि बच्नुहोस्। नोकरी वा राजनीतिक क्षेत्रमा विशेष लाभ प्राप्त हुनेछ। घरायसी जिम्मेवारी बढ्नाले धन खर्च हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

तुला
Libra
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
व्यापार व्यवसायमा सामान्य लाभ रहनेछ। आफन्तहरूको सोचेजस्तो साथ सहयोग नमिल्ला। प्रयत्न गर्दा अप्ठ्यारो कार्य सम्पादन गर्नमा सफल भइनेछ। बच्चाहरूसँग मनोरंजनात्मक समय बित्नेछ। आजको शुभ रंग कालो हो भने शुभ अंक १ रहेको छ।
वृश्चिक
Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु
समाजमा प्रतिष्ठा बढ्नेछ। विद्यार्थीहरूको बौद्धिक स्तरको विकास हुनेछ। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। प्रतिष्ठित कार्य गर्ने समय रहेको छ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।
धनु
Sagittarius
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
नोकरी वा पेशामा नयाँ कामहरू हात लागि पर्नेछन्। मठमन्दिर र देवस्थानमा यात्रा हुन सक्ला। धर्ममा मन लाग्नेछ। विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।
मकर
Capricorn
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। लागिरहेको रोग बढ्नेछ। वैदेशिक रोजगारबाट लाभ मिल्ने सम्भावना रहेको छ। व्यापार व्यवसायमा थप लगानी गर्न धैर्य राख्नुहोस्। वाहन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग नीलो हो भने शुभ अंक ३ रहेको छ।
कुम्भ
Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, दा
साझेदारी व्यापारमा मनग्य लाभ कमाइनेछ। पायकपर्ने ठाउँको यात्रा हुनसक्ला। जीवन साथीको सहयोग मिल्नेछ। विशिष्ट व्यक्तिहरूको सहायताले आँटिलो कार्य पूर्ण गर्न सकिएला। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
मीन
Pisces
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
सहकारी तथा वित्तीय लेनदेनमा असफलता हात लाग्नेछ। व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस्। कार्यक्षेत्रमा अर्काको देखासिकी गर्दा हानि हुनसक्ने योग छ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ५ रहेको छ।
हाम्रो पात्रो बाट




























