नेपाली कांग्रेस १५औं महाधिवेशन: युरोपबाट केन्द्रीय सदस्यमा जितेन्द्र शाहीको उम्मेदवारी, प्रवासको आवाज केन्द्रसम्म पुर्‍याउने प्रतिबद्धता

Image
Nisarga Hospital

नेपाली कांग्रेसको आसन्न १५औं महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्य पदका लागि जितेन्द्र विक्रम शाहीले उम्मेदवारी घोषणा गर्नुभएको छ।

CP Hospital Dhangadhi

वातावरणविद् तथा उद्यमीको पृष्ठभूमिका शाहीले प्रवासमा रहेर लामो समयदेखि कांग्रेसको संगठन विस्तारमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ। उहाँ नेपाली जनसम्पर्क समिति, नर्वेको सभापतिका रुपमा तीन कार्यकाल जिम्मेवारी सम्हालिसक्नु भएको छ।

यसैगरी उहाँ १४औं महाधिवेशन र १५औं महाधिवेशनका महासमिति सदस्य समेत हुनुहुन्छ भने हाल नेपाली कांग्रेस, नर्वेको निवर्तमान सभापति तथा महासमिति सदस्यको जिम्मेवारीमा हुनुहुन्छ।

nawajiwan

महाधिवेशन प्रतिनिधिहरूसमक्ष हार्दिक अपिल जारी गर्दै उम्मेदवार शाहीले भन्नुभएको छ, “नेपाली कांग्रेसको लोकतान्त्रिक मूल्य, सिद्धान्त र संगठनलाई आत्मसात गर्दै लामो समयदेखि पार्टी संगठनमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छु। प्रवासमा रहेका साथीहरूलाई संगठनसँग जोड्ने तथा पार्टीको विचार र अभियानलाई प्रवाससम्म विस्तार गर्ने कार्यमा निरन्तर योगदान गर्दै आएको छु।”

Attariya Hospital

उहाँले आफ्नो प्रतिबद्धता व्यक्त गर्दै भन्नुभएको छ, “प्रवास र स्वदेशबीचको सम्बन्ध अझ सुदृढ, संगठन अझ गतिशील” बनाउन आफ्नो अनुभव र समय समर्पित गर्ने बताउनुभएको छ।

प्रवासमा रहेका नेपाली कांग्रेसका कार्यकर्ता तथा शुभेच्छुकका आवाजलाई पार्टीको केन्द्रीय तहसम्म प्रभावकारी रुपमा पुर्‍याउने आफ्नो मुख्य लक्ष्य रहेको उहाँको भनाइ छ।

१५औं महाधिवेशनका सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई आफ्नो अमूल्य मत, साथ, सहयोग र समर्थन प्रदान गरी केन्द्रीय सदस्य पदमा निर्वाचित गराइदिन उहाँले आग्रह गर्नुभएको छ।