पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ

Image
Nisarga Hospital

पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले महाराजगन्जस्थित निवासबाट पक्राउ गरेको छ। उनीविरुद्ध उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको जनाइएको छ। यद्यपि, उजुरीमा लगाइएको आरोप वा विषयवस्तु भने सार्वजनिक गरिएको छैन।

CP Hospital Dhangadhi

जबराले २०७५ पुस १८ गतेदेखि प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए। उनीविरुद्ध २०७८ फागुन १ गते प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता भएपछि निलम्बनमा परेका थिए।

महाअभियोग प्रस्ताव पारित हुन नसके पनि त्यसपछि जबरा सर्वोच्च अदालतमा फर्किन पाएनन्। हाल उनीविरुद्ध परेको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको बताइएको छ। पक्राउपछि उनीमाथि के विषयमा अनुसन्धान अघि बढाइएको हो भन्नेबारे प्रहरीले विस्तृत जानकारी सार्वजनिक गरिसकेको छैन।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur