आज देशभर वर्षाको सम्भावना, सुदूरपश्चिममा भारी वर्षाको चेतावनी

Image
Nisarga Hospital

मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिणमा रहेको छ। साथै देशभर मनसुनी वायु, पश्चिमी वायु र भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेकाले देशभर मौसम बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

CP Hospital Dhangadhi

हाल देशभर अधिकांश भूभागमा बादल लागेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बागमती र कर्णालीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कोशी र मधेस प्रदेशका थोरै स्थानमा समेत वर्षा भइरहेको छ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश भूभागमा बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा तथा गण्डकी र लुम्बिनीका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

सुदूरपश्चिमका तराई भूभागका धेरै स्थानमा, लुम्बिनीका केही तथा बागमती र गण्डकीका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान छ। कोशी र मधेसका तराई भूभागका एक–दुई स्थानमा समेत वर्षाको सम्भावना छ।

सुदूरपश्चिमका थोरै स्थान तथा गण्डकी, लुम्बिनी र कर्णालीका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ।

आज राति पनि सुदूरपश्चिमसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका हिमाली भूभागमा बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा अन्य प्रदेशका पहाडी–हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

Dhnagadhi & Krishanapur