इन्जिनियरिङ क्षेत्रको लामो अनुभवसहित लबप्रसाद जोशी कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

Image
Nisarga Hospital

अत्तरियाः नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट इन्जिनियर लबप्रसाद जोशीले केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका छन्।

CP Hospital Dhangadhi

सिभिल इन्जिनियरिङमा स्नातक गरेका जोशीले Construction Engineering & Management तथा Rural Development मा स्नातकोत्तर गरेका छन्। पूर्वाधार विकास, निर्माण व्यवस्थापन, विपद् व्यवस्थापन तथा प्राविधिक क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका उनीसँग स्वदेश तथा अन्तर्राष्ट्रिय परियोजनामा काम गरेको अनुभव रहेको छ।

जोशीले Swiss Agency for Development and Cooperation (SDC) मा Programme Engineer, जापानको Shimizue Corporation मा Quantity Surveyor तथा संयुक्त राष्ट्रसंघअन्तर्गत SNRTP परियोजनामा District Engineerका रूपमा काम गरेका छन्। विश्व बैंकको सहयोगमा सञ्चालित NUGIP परियोजनामा लाम्कीचुहा र अमरगढी नगरपालिकाका लागि Consultantका रूपमा समेत काम गरेका उनले धनगढी इन्जिनियरिङ कलेजमा Part-Time Lecturerका रूपमा पनि अध्यापन गरेका छन्।

nawajiwan

संगठनात्मक रूपमा जोशी नेपाल इन्जिनियर्स एसोसिएसन धनगढी च्याप्टर तथा सुदूरपश्चिम प्रदेशका पूर्वअध्यक्ष हुन्। उनी नेपाल इन्जिनियर्स एसोसिएसन केन्द्रीय कमिटीअन्तर्गत सातवटै प्रदेशको प्रादेशिक समन्वय समितिका अध्यक्षसमेत भइसकेका छन्। विभिन्न निर्वाचनमा नीति तथा रणनीति निर्माण, युवा परिचालन तथा प्राविधिक विज्ञतामार्फत योगदान गरेको उनको दाबी छ।

Attariya Hospital

सामाजिक तथा विपद् व्यवस्थापनका क्षेत्रमा पनि जोशीको संलग्नता रहेको छ। २०७२ को गोरखा भूकम्पपछि भूकम्पप्रतिरोधी भवन निर्माणसम्बन्धी तालिम तथा प्राविधिक जनशक्ति परिचालनमा उनले भूमिका निर्वाह गरेका थिए। २०७४ को भजनी–लालबोझी बाढी तथा कोभिड–१९ महामारीका क्रममा राहत, अक्सिजन सिलिन्डर तथा स्वास्थ्यसम्बन्धी संरचना व्यवस्थापनमा समेत उनले समन्वय गरेको विवरणमा उल्लेख छ।

हालैको भोटेकोशी बाढीपछि स्थलगत भ्रमण गरी प्राविधिक प्रतिवेदन तयारी तथा २०० भन्दा बढी प्रभावित परिवारलाई राहत वितरणमा समेत संलग्न भएको जोशीले बताएका छन्।

महाधिवेशनमा आफ्नो प्राथमिकताका रूपमा उनले प्राविधिक विज्ञताको उपयोग, पारदर्शिता, सुशासन र जवाफदेहिता, दिगो पूर्वाधार विकास, युवा सहभागिता तथा सीप विकास, विपद् पूर्वतयारी र बाढी–डुबान तथा कटानको वैज्ञानिक समाधानलाई अघि सारेका छन्।

उनको प्रस्तावित कार्यदिशामा अनुभव र योगदानमा आधारित कार्यविभाजनसहित प्रविधिमैत्री संगठन निर्माण, राष्ट्रिय नीति तथा विकासमा प्राविधिक विज्ञताको उपयोग र दीर्घकालीन गुरुयोजनामा आधारित पूर्वाधार विकासलाई जोड दिइएको छ।