नगर सभापतिको दाबेदारी छाड्दै हेमन्त ‘बाजे’ प्रदेश सभापतिको मैदानमा

Image
Nisarga Hospital

कैलालीः नेपाली कांग्रेस गौरीगंगा नगर सभापति पदमा दाबेदारी प्रस्तुत गर्दै आएका युवा नेता हेमन्त राज जोशी ‘बाजे’ले सहमतिलाई प्राथमिकता दिँदै नगर सभापतिको दाबेदारी छाडेका छन्। उनले अब कैलाली क्षेत्र नं. ४ (क) को प्रदेश सभा क्षेत्रीय सभापति पदमा उम्मेदवारी दिने भएका छन्।

CP Hospital Dhangadhi

पार्टी संगठनमा सक्रिय रहँदै आएका जोशी पछिल्लो समय राजनीतिक गतिविधिसँगै सामाजिक तथा मानवीय सेवामा समेत सक्रिय छन्। कार्यकर्ता भेटघाट, संगठन विस्तार तथा पार्टीका विभिन्न कार्यक्रममा उनको निरन्तर सहभागिता रहँदै आएको बताइएको छ।

गौरीगंगा क्षेत्रमा युवापंक्तिसँग निरन्तर सम्पर्क र समन्वयमा रहेका जोशीले संगठनलाई बलियो बनाउने तथा युवालाई पार्टी गतिविधिमा थप सक्रिय बनाउने विषयलाई प्राथमिकतामा राख्दै आएका छन्। नगर सभापतिको दाबेदारीका क्रममा पार्टीभित्र सहमति र सहकार्यको वातावरण निर्माणका लागि प्रयास गरेका उनले अन्ततः नगर नेतृत्वको दौडबाट पछि हट्ने निर्णय गरेका हुन्।

nawajiwan
Attariya Hospital

अब उनको उम्मेदवारी कैलाली क्षेत्र नं. ४ (क) को प्रदेश सभा क्षेत्रीय सभापति पदमा केन्द्रित भएको छ। संगठन निर्माण, कार्यकर्तासँगको सम्बन्ध र सामाजिक सेवाको अनुभवलाई क्षेत्रीय नेतृत्वमा उपयोग गर्ने उनको तयारी छ।

क्षेत्रीय तथा प्रदेश अधिवेशन भोलि अत्तरियामा हुँदैछ। जोशीको उम्मेदवारीसँगै क्षेत्र नं. ४ (क) को नेतृत्व चयनलाई लिएर कांग्रेसभित्र चर्चा बढेको छ।