पहिरोले पृथ्वी राजमार्गसहित ७ राष्ट्रिय राजमार्ग प्रभावित, यात्रा जोखिमपूर्ण

Image
Nisarga Hospital

अविरल वर्षाका कारण पहिरो र बाढीले पृथ्वी राजमार्गसहित काठमाडौँ उपत्यका जोड्ने ७ राष्ट्रिय राजमार्गमा यातायात प्रभावित भएको छ। धादिङको गजुरी–२ चालिसे र गजुरी–५ बाङ्गेमोडमा ठूलो परिमाणमा लेदोसहित पहिरो खसेपछि सडक खुलाउने काम भइरहेको छ। पहिरो पूर्ण रूपमा नहटेकाले यी स्थानमा नियमित यातायात सञ्चालन हुन सकेको छैन।

CP Hospital Dhangadhi

कृष्णभिरमा खसेको पहिरो भने हटाइएपछि एकतर्फी रूपमा सवारी सञ्चालनमा आएका छन्। पहिरो हटाउने क्रममा थप वर्षा भए माथिबाट पुनः पहिरो खस्ने जोखिम रहेकाले यातायातमा थप समस्या आउन सक्ने ट्राफिक प्रहरीले जनाएको छ।

वर्षाका कारण पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथ लगायतका सडक प्रभावित भएका छन्। कान्ति लोकपथको ठिङ्गन तथा फर्पिङ–फाखेल खण्डमा पहिरो पन्छाउने काम जारी छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

बीपी राजमार्गको माम्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेँसी, कटुन्जे र चौकीडाँडालगायत स्थानमा पहिरो तथा बाढीले डाइभर्सन बगाउँदा यातायात अवरुद्ध भएको छ।

दक्षिणकाली–सिस्नेरी सडकखण्डमा भने साना सवारीसाधन सञ्चालन भइरहेका छन्। ठूला सवारीसाधनलाई त्रिभुवन राजपथ हुँदै आलोपालो सञ्चालन गर्ने व्यवस्था मिलाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिएका छन्।

ट्राफिक प्रहरीले राजमार्गको अवस्था सामान्य नभएसम्म धैर्य गर्न, अवरुद्ध सडक जबर्जस्ती पार नगर्न तथा सडकको अवस्था र पूर्वसूचना बुझेर मात्र यात्रा गर्न यात्रु तथा चालकलाई आग्रह गरेको छ।

Dhnagadhi & Krishanapur