बझाङका सन्तोष जेठाराको कमेडी च्याम्पियनमा धमाका, टप–१० मा चम्किँदै

Image
Nisarga Hospital

अत्तरियाः बझाङको मष्टा गाउँपालिका–७ का युवा हास्यकलाकार सन्तोष जेठाराले ‘कमेडी च्याम्पियन’को मञ्चमा दमदार प्रस्तुति दिँदै उत्कृष्ट १५ बाट टप–१० मा स्थान बनाएका छन्। ‘परफर्मर अफ द राउन्ड’ घोषित हुँदै उनी उत्कृष्ट १० मा छनोट भएका हुन्।

CP Hospital Dhangadhi

दुर्गम जिल्ला बझाङबाट राष्ट्रियस्तरको ठूलो मञ्चसम्म पुगेर आफ्नो मौलिक हास्यशैली प्रस्तुत गरिरहेका सन्तोषले दर्शकसँगै निर्णायकहरूको समेत ध्यान खिच्दै आएका छन्। उनको प्रस्तुतिपछि ऋचा शर्माले रमाइलो शैलीमा उनलाई ‘कमेडी च्याम्पियनको रविन्द्र ढाट’ समेत भनेकी छन्।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

कमेडी च्याम्पियनका निर्देशक तथा निर्णायक विशाल भण्डारीले समेत उनको प्रस्तुतिलाई उत्कृष्ट ठहर गर्दै ५ हजार भोट दिएका थिए। सन्तोषको यो यात्रा बझाङको प्रतिभालाई राष्ट्रिय मञ्चमा चिनाउने प्रेरणादायी उदाहरण बनेको छ।

अब अन्तिम १० को छनोटमा ५० प्रतिशत निर्णायकको मूल्यांकन र ५० प्रतिशत दर्शकको मत रहने भएकाले सन्तोषका लागि दर्शकको समर्थन महत्वपूर्ण बनेको छ। बझाङको नाम चम्काउँदै अघि बढिरहेका सन्तोषलाई देशभरबाट शुभेच्छा र समर्थनको अपेक्षा गरिएको छ।

Dhnagadhi & Krishanapur