डडेल्धुरामा प्रहरी जवान मृत फेला, घटनाबारे अनुसन्धान जारी

Image
Nisarga Hospital

डडेल्धुरामा कार्यरत एक प्रहरी जवान जंगलमा मृत अवस्थामा फेला परेका छन्। बैतडीको सिगास गाउँपालिका–३ घर भई जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा कार्यरत प्रहरी जवान ठगेन्द्रसिंह बोहरा अमरगढी नगरपालिका–५ स्थित स्थानीय जंगलमा मृत भेटिएका हुन्।

CP Hospital Dhangadhi

प्रहरीका अनुसार बोहरा जंगलमा झुन्डिएको अवस्थामा फेला परेका थिए। घटनाअघि उनले श्रीमतीलाई आफू झुन्डिन लागेको तस्बिर पठाएको प्रारम्भिक विवरण खुलेको छ। तस्बिर प्राप्त भएपछि श्रीमतीले जिल्ला प्रहरी कार्यालयमा खबर गरेकी थिइन्।

Attariya Hospital

त्यसपछि प्रहरीले खोजी गर्दा बोहरा मृत अवस्थामा फेला परेका हुन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

nawajiwan