बैतडीमा मोटरसाइकलको ठक्करबाट ६३ वर्षीया महिला घाइते

Image
Nisarga Hospital

बैतडीः बैतडीमा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते भएकी छन्। मंगलबार बिहान दशरथचन्द नगरपालिका–१ गुरुखोला नजिक मोटरसाइकलले ठक्कर दिँदा दशरथचन्द नगरपालिका–२ देहिमाण्डौँकी ६३ वर्षीया पार्वती लावड घाइते भएकी हुन्।

CP Hospital Dhangadhi

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार गोकुलेश्वरबाट गोठलापानीतर्फ जाँदै गरेको सु.प.प्र.०२–००३ प २२२१ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको हो। मोटरसाइकल डिलाशैनी गाउँपालिका–५ का ४३ वर्षीय बासुदेव नाथले चलाइरहेका थिए।

दुर्घटनामा मोटरसाइकल चालक नाथलाई पनि सामान्य चोट लागेको प्रहरीले जनाएको छ। घाइते पार्वतीलाई उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur