देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

Image
Nisarga Hospital

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको तथा देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

CP Hospital Dhangadhi

महाशाखाका अनुसार अहिले हिमाली भूभागमा आंशिक बदली तथा पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशभर आंशिक बदली रहनेछ। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

Attariya Hospital

आज राति कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। तराईका अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

nawajiwan